रिहा भए कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी
अर्थ सन्जाल
१० मंसिर २०८१, सोमबार २१:०४
काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौँले सोमबार मुद्दा नचलाउने निर्णय गरे लगत्तै अधिकारी रिहा भएका हुन् ।
पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । सरकारी वकिल कार्यालयले अन्य ११ जनालाई मात्र प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।
अर्थ सन्जाल