काठमाडौं। अर्थसंजाल डटकम आफ्नो स्थापनाको ७ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेशको अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष केसीले अर्थसंजाल साधक पत्रकारिताको माध्यमवाट समग्र अर्थतन्त्रको महत्वपूर्ण अंग बनेकोमा यसको उच्च प्रशंसा गरेका छन् ।
अध्यक्ष केसीले सुभकामना सन्देशमा भनेका छन्,-‘साधक पत्रकारिताको माध्यमवाट देश र समाजमा भएका विविध पाटाहरूलाई सूचना तथा समाचारको रुपमा प्रस्तुत गएको यो अनलाइन समग्र अर्थतन्त्रको महत्वपूर्ण अंग बनेको छ ।’
नेपाल बैंकर्स संघका अध्यक्षको सुभकामना सन्देस
‘अर्थ संजाल डटकम’ अनलाइन पत्रिकाले ८ औं वार्षिकोत्सव मनाउन लागेको खबर पाउँदा अत्यन्तै खुशी छौं । वार्षिकोत्सवका अवसरमा अर्थसंजाल डटकम परिवारमा नेपाल बैंकर्स संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
साधक पत्रकारिताको माध्यमवाट देश र समाजमा भएका विविध पाटाहरूलाई सूचना तथा समाचारको रुपमा प्रस्तुत गएको यो अनलाइनले समग्र अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको नेपालको यस क्षेत्रको महत्व साथै यस संघबाट भए गरेका कार्यहरूलाई प्राथमिकतामा राखी प्रस्तुत गर्दै आएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ सशक्त भएर थप ऊर्जीको साथ अगाडि बढ्न साफलता मिलोस् भन्ने कामना गर्दछौं ।
अर्थसंजाल डटकमले मनाउन लागेको आठौं वार्षिकोत्सवको अवसरमा अर्थसंजालर संस्थामा जोडिएका सम्पूर्णमा बधाई तथा आगामी दिनमा थप सफलताको लागि समेत हार्दिक सुभकामन व्यक्त गर्दछौं।
अर्थ सन्जाल