काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ र्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो । विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ बराबर राजश्व सङ्कलन गरेको छ ।
मुलुकभर १ सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएका छन् । यस्तै, रजिष्ट्रेशन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले ८ लाख ६७ हजार सात सय २० रुपैयाँ , भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ ।
विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२, कलङ्की मालपोत कार्यालयले १७ करोड ८ लाख ४४ हजार ७ सय ५१, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६ सय ६५ बराबरको राजश्व सङ्कलन गरेको छ ।
विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १ सय ५२ बराबरको राजश्व सङ्कलन भएको थियो ।
अर्थ सन्जाल