काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ घाटामा रहेको यो कम्पनी अहिले पुनः विद्युत बिक्री सुरु भएपछि नाफामा गएको हाे । यसको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
यता, वित्तीय खर्च ५० लाखबाट बढेर १ करोड १ लाख रुपैयाँ कायम भएको छ । ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ करोड ७८ लाख रुपैयाँ देखिएको छ । यसको सेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११.९८ रुपैयाँ रहेको बरुणको प्रतिसेयर नेटवर्थ ११५.२३ रुपैयाँ रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल