काठमाडौं । शेयर बजारमा हाइड्रोपावर सेक्टरको सबैभन्दा महँगो कम्पनी कुथेली बुकरी स्मल हाइड्रोपावरको नाफा घटेको छ ।
यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ७.७ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५० लाख ५९ हजार रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी पहिले १ करोड १० लाख रुपैयाँ रहेकोमा अहिले १ करोड ४ लाख रुपैयाँ छ । अन्य आम्दानी पहिले १५ लाख ३३ हजार रुपैयाँ रहेकोमा अहिले शून्य छ ।
यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा छ । बजारमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता मात्रै सेयर सूचीकृत छ ।







