काठमाडौं । नागरिक लगानी कोषको नाफामा १३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ ।
गत आवको यस अवधिमा यस्तो नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो । सेवा शुल्क तथा कमिसन आम्दानी पहिले ३२ करोड ९५ लाख रुपैयाँ रहेकोमा अहिले ३९ करोड १६ लाख रुपैयाँ छ ।
ब्याज आम्दानी पहिले १२ करोड ४५ लाख रहेकोमा अहिले ११ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा छ ।
गत वर्षको असोज मसान्तसम्म १५९ रुपैयाँ ७९ पैसा थियो । वार्षिक प्रतिसेयर आम्दानी पहिले १९ रुपैयाँ ९४ पैसा रहेकोमा अहिले १९ रुपैयाँ ८७ पैसा छ ।
Artha Sanjal
अर्थ सन्जाल