काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.५९ विन्दुले बढेको छ । सेसनमा ५.५९ अंक बढेर २७५४.५५ विन्दुमा पुगेको छ । १ करोड २३ लाख ३६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ३४ हजार २ सय १ कित्ता सेयर कारोबार भएको छ ।
४० कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १० वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल