काठमाडौं । नबिल बैंक दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजना गरेको कार्यक्रममा नबिललाई सम्मान गरेको हो ।
दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल सम्मानित भएको छ । बैंकलाई वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि पनि नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको थियो।
बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभर २६८ शाखा र ३२० एटिएममार्फत सेवा दिँदै आएको छ।
Artha Sanjal
अर्थ सन्जाल