नेपाल र बंगलादेशबीच उपाधि भिडन्त, पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ।

दुवै टिमले सुरुवातमा राम्रा मौका चुकाएका थिए। पहिलो हाफको सुरुवातमै नेपाली डिफेन्डर गीता रानाको गल्तीमा बंगालादेशी स्ट्राइकर सविना खातुनले तेस्रो मिनेटमै गरेको प्रहार वान भर्सेस वानको अवस्थामा क्रस बारमा लाग्न पुगेको थियो।

रीबाउन्डमा उनको हेड गोलरक्षक एन्जिलाले सहज रूपमा बचाएकी थिइन्।

खेलको नवौं मिनेटमा नेपालले पनि राम्रो अवसर गुमायो । १० औं मिनेट मा अमिषा कार्कीले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

त्यसपछि पनि दुवै टिमले सिमित अवसर पाए पनि गोल गर्न सकेनन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *