उपकार लघुवित्तले आईपीओ निष्काशन गर्दै,चैत २५ देखि बिक्री खुला

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि चैत २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजारले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने र मेरो शेयरको वेब तथा एपबाट पनि आईपीओका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *