उपकार लघुवित्तले चैत २५ गतेदेखि आईपीओ निष्काशन गर्दै

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि चैत २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजारले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने र मेरो शेयरको वेब तथा एपबाट पनि आईपीओका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *