‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’स ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेट ‘खल्ती लेख(स्टार’ को खोजीमा हिँडेको छ जस् अन्तर्गत ३ जनाले रु। ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन्। ‘खल्ती लेख(स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ ९वालेट र पकेट० खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी ३प्जबतिष्ीभपजकतबच राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ। पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ।

यस अफर अन्तर्गत घोषित बिजेताले निम्न अनुसारको पुरस्कारहरू प्राप्त गर्ने छन् स्

पुरस्कार बिजेता
प्रथम पुरस्कार रू। ५०,००० १ जनालाई
दोस्रो पुरस्कार रू। २५००० १ जनालाई
तेस्रो पुरस्कार रू। १५००० १ जनालाई
सान्त्वना पुरस्कार रू। ५,००० ५ जनालाई

यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन्।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने स्
“‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख(स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ। यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु।”

“खल्ती” नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *