काठमाडाैं । नेपाल सोलार फार्म लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ साधारणसभा बाेलाएकाे हो ।
सभा कात्तिक १४ गते तनहुँमा मा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका वार्षिक प्रतिवेदनलगायतका अन्य आर्थिक विवरणहरु पारित गरिनेछ । यस्तै सञ्चालकको नियुक्ती र अनुमोदन समेत गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको गत जेठ १ गते सम्पन्न भएको विशेष साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भएको थियो ।
Artha Sanjal






