काठमाडाैं । दसैंतिहार र छठ पर्व मनाउन आफ्नो घर जानुहुने हुन्डाईका ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्ट (हुन्डाई गाडीको एक मात्र आधिकारिक बिक्रेता) ले ‘हुन्डाई हाइवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा पाउने भएका छन् ।
उक्त सेवा असोज २२ गतेदेखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध हुनेछ । यस अन्तर्गत मुख्य राजमार्गहरूका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ ।
हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित ९ प्रमुख स्थानहरू (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका महत्त्वपूर्ण राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको छ ।
कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ । विद्युतीय सवारी साधनका लागि पोर्टेबल डिसी चार्जरहरू पनि उपलब्ध हुनेछन् ।
२०१४ देखि सञ्चालन मा रहेको ‘हुन्डाई हाइवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ अभियान हुन्डाईको बिक्री पछिको सेवाको प्रतिबद्धता र समर्पणको प्रमाण रहेको बताइएको छ ।
अर्थ सन्जाल