स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मंसिर १६ गते आइतबार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।

निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *