काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको उनले बता ए।
निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान शुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।




