लाभांश पारित गर्ने एजेन्डासहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौँ । कामना सेवा विकास बैंकले १८औं वार्षिक साधारण सभा असोज ३० गते बस्ने भएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले सभा लिसारा रिसेप्शन भगवति बाहाल नक्साल काठमाडौँमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरेको ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजृेण्डा रहेको छ ।

सभाले सञ्चालक (सर्वसाधारण तर्फ) नियुक्ति समेत सभाले अनुमोदन गर्ने छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरु सहित रु १०० का दरले रु ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, विशेष प्रस्ताव (प्रस्ताव नं. १ र २ ) पारित भए अनुसार हुने गरी जारी तथा चुक्ता पूँजी वृद्धि गर्न विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमावलीमा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने  प्रस्ताव पारित गर्ने लगायतका एजेण्डा तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *