काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न कर्जा शीर्षकमा लिएका १३ जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।
बैंकले आज एक सूचना जारी गर्दै ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। कर्जा तिर्न पटक–पटक मौखिक र लिखित तरताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई बैंकले तिर्न बाँकी रहेको साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुरसहितको रकम भुक्तानी गर्न आग्रह गरेको हो । अन्यथा कानूनी प्रक्रिया अनुसार धितोमा रहेको चल–अचल सम्पत्ति लिलामी गरी असुल उपर गरिने चेतावनी समेत दिएको छ।
ऋणीहरूले बैंकसँग गरेको कर्जा सम्बन्धी शर्त उल्लङ्घन गरेको जनाउँदै, बैंकले कर्जा नियमित वा चुक्ता भुक्तानी नगरे कानूनी कारबाही अगाडि बढाइने जानकारी गराएको छ। साथै बैकले समयमै कर्जा भुक्तान नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन समेत सिफारिस गरिने जनाएको छ।
अर्थ सन्जाल