काठमाडाैं । नेपाली बजारमा सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले निशुल्क सर्भिस क्याम्पको आयोजना गरेको छ ।
ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि आश्विन ०६ गतेबाट आश्विन ११ गते सम्म निशुल्क सर्भिस क्याम्पको आयोजना गरेको हाे ।
इच्छुक ग्राहकहरुले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन् । उक्त निशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेर पार्टस् मा १२ प्रतिशत छुट, गिएर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
साथै सीजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ । सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवनसहित १७ सेवा केन्द्रहरू स्थापना गरेर सवारी साधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ ।
सीजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ । यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ । सीजी मोटर्सको उत्कृष्ट सेवा र समर्थनले नेपाली यातायात क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ ।







