काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेकाे छ ।
बैंकले वार्षिक साधारणसभा तथा लाभांश प्रयोजनको लागि मंगलबार असोज ८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
उक्त लाभांश पारित गर्न असोज २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।






