नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचीकृत

नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २५ लाख ५० हजार कित्ता आइपीओ सूचीकृत भएको हो । अव शेयर सोमवार देखि कारोबारमा आउनेछन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू २६० दशमलव ८४ देखि ७८२ दशलमव ५२ तोकेको छ ।

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र संस्थापकहरुको लगानी रहेको १७ लाख २१ हजार २५० कित्ता शेयर गरेर कुल २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीले फागुन ११ गते देखि १५ गते सम्म ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि,४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपीआको बाँडफाँट फागुन २४ गते भएको हो ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *