काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०–८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।
उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १८औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।
यो सँगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । बैंकले गत आवको चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिसेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।
Artha Sanjal






