सेयर बजारमा ७८.१७ अंकको बृद्धि हुँदा ८ अर्ब १६ करोड माथिको कारोबार

काठमाडाैं । आज सेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ को विन्दु पुगेको छ।

आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज २२९ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, स्र्टन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरे थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

सीईडीबी हाइड्रोपावर ४७ करोड ६५ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर २४ करोड १२ लाख रुपैयाँ,अपी पावर १८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलपी १७ करोड ९ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट १६ करोड ६१ लाख रुपैयाँ, रिलायन्स फाइनान्स १५ करोड ५५ लाख रुपैयाँ, ग्रीनलाइफ हाइड्रोपावर १४ करोड २ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावर १३ करोड ९० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर १३ करोड २१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *