काठमाडाैं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २५.४६ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ ।
आज ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्द धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ३५ करोड ८१ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ सन्जाल