दशैंमा सिजीको सामान खरिदमा डब्बल खुसी, यस्ता छन् अफर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र नम्बर १ ब्राण्ड सिजीले दशैँ र तिहारको अवसरमा ‘नेपालक अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।

ग्राहकको दशैं तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्ने छन् ।

योजना अन्तर्गत सि.जी. टि.भी. (६५” र ७५) र सि. जी. क्यूलेङ (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री, रेफ्रिजरेटर (डबल डोर को खरिदमा फ्राइ प्यान फ्री, सिजी रेफ्रिजरेटर (एसबिएस/मल्टी–डोर) को खरिदमा मरिडिया भ्याकुम फ्री पाइनेछ ।
यस्तै, सिजीकै माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री, फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियन (६ किलो) फ्री, सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री, डिशवाशर को खरीदमा डिशवाशर किट फ्री हुने कम्पनीले जनाएको छ।

चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिजर भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

सिजीले आफ्ना ग्राहकहरुलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना आजैदेखि (भदौ २३ गते) नेपालभर सीमित अवधिको लागि देशभर लागू हुने कम्पनीले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *