चिलिमे जलविद्युतले शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारण सभाबाट पारित आव २०७२र७३ नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले समयमै बुझ्न अनुरोध गरेको हो ।
पाँच वर्ष पूरा भएका नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकाले यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले सूचनामार्फत आग्रह गरेको हो । कम्पनीले शनिवार सूचना जारी गरी एक महीनाभित्र कम्पनीको रष्ट्रिार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गर्न भनेको छ ।
समयमै लाभांश नबुझे उक्त लाभांश कम्पनी ऐन २०६३ दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी दिएको छ ।







