नेप्सेमा ४१.४३ अङ्कले घट्यो, ४ अर्ब ९८ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४१ दशमलब ४३ अंकले घटेर दुई हजार ५ सय ७२ दशमलब २३ विन्दुमा रोकिएको हो । आज ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको छ, भने राष्ट्र उत्थानको शेयरमूल्य ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१ दशमलब ४० रुपैयाँ पुगेको छ । त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ दशमलब ७० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलब ३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलब ६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज मल्टी पर्पोज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनिीको भएको छ । यो कम्पनीको आज २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *