सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ८१ हजार ५७० कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र पाउने गरी यी सेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *