काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला भएको छ। स्टार्टअप उद्यमशिलता विकासका लागि यो वर्षको लागि आवेदन खुला भएको हो। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको जनाएको छ।
गत वर्ष २५ करोड रुपैयाँ विनियोजन गरेर १ सय ८३ जनालाई सहुलियत कर्जा वितरण गरेको प्रतिष्ठानले चालु वर्षका लागि १ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ ।
उपत्यकाबाहिरका उद्यमीलाई सहज होस् भनेर अनलाइनमार्फत आवेदन दिने व्यवस्था गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए।
स्टार्टअप उद्यम कर्जा लागि उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको तथा नवीन र सिर्जनशील सोच भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।
अर्थ सन्जाल