घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *