एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो लिलाम बिक्री पोर्टल, के-के हेर्न सकिन्छ ?

काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रि पोर्टल संचालनमा ल्याएको छ। बैकको नाममा रहेका गैर बैंकिङ्ग सम्पती तथा धितो सुरक्षणमा रहेका सम्पति लिलाम मार्फत बिक्रि गर्नलाई यो पोर्टल ल्याइएको बैंकले जनाएको छ।

बैंककाअनुसार यस पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।

लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

पोर्टलमा अब नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरू प्रकाशित हुने बैंकले जनाएको छ। लिलाममा राखेको सम्पती खरिद गर्न चाहनेले सिधै पोर्टलमा गएर प्रक्रिया सुरु गर्न सक्ने भएकाले यो पोर्टल धेरै हिसाबले सहयोगी हुने सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन खनियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *