घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि विहिबार सुनको मुल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *