लघु जीवन बीमा गराउनेहरूको संख्या बढ्दै गएको छ । बीमा समितिका अनुसार पछिल्लो सात महिनामा जीवन बीमा कम्पनीहरूले २१ लाख ५३ हजार ५२८ बीमा लेख विक्रीबाट ७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
चालू आवको सात महिनामा सबैभन्दा बढी बीमाशुल्क आर्जन म्यादी लघु जीवन बीमामार्फत संकलन भएको छ । यो शीर्षकमा ३ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो । लघु जीवन बीमामर्फत ३ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
माघसम्ममा लघु जीवन बीमा प्रथम बीमाशुल्कवापत ४ करोड ८९ लाख रुपैयाँ संकलन गरेका छन् । बीमालेख नवीकरणमार्फत सात महिनाको अवधिमा २ करोड २९ लाख ९६ हजार रुपैयाँ संकलन गरेका छन् ।




