नेशनल फण्डले ११.७२ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित ११ लाख ७२ हजार कित्ता सेयर लिलाम मार्फत भदौ १३ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूका लागि २ः१ अनुपातमा ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो । उक्त अवधिमा वितरण नभई बाँकी रहेको उक्त सेयर कम्पनीले अब लिलाम प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ५० मा प्रिमियम बापत ५० थप गरी न्यूनतम १०० मा सेयर बिक्री गर्न लागेको हो । यो सेयर संस्थापक सेयरधनी, योग्य व्यक्ति, संघसंस्था वा कम्पनी जोकोहीले खरीद गर्न पाउनेछन् ।

सेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा २० हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता सेयर खरीदको माग राखेर आवेदन दिन सकिनेछ । सेयर खरीद गर्न इच्छुकले आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । आवेदन भदौ २० गते कार्यालय समयभित्र दिइसक्नु पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *