काठमाडाैं । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ ७ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
गत वर्षको नाफाबाट सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछन् । यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । दुवैलाई लक्ष्मी सनराइज बैंकले प्रवद्र्धन गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल