मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार गुप्ता अग्रवाल विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी राजकुमार न्यौपानेलाई पछि पार्दै अध्यक्ष पदमा १ हजार २ सय ४६ मत प्राप्त गरी विजयी गुप्ता भएका हुन् ।
अध्यक्षका प्रत्यासी न्यौपानेले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन् । अग्रवाल र न्यौपाने बीचको मतान्तर ९१ रहेको छ ।
संघको एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाई, उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् । कार्यसमिति दुबै प्यानलबाट मिश्रित नतिजा आएको छ ।







