आज राति नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि ४ घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो ।

उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ ।

कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *