


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन १६ सयले बढेकाे हाे
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल