काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ ।
बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमा बिक्री गर्ने गरी साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्थाहरूले समेत आवेदन दिन सक्नेछन् ।
शेयर खरीदका लागि बोलकबोल गर्दा कम्तीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदको माग सहित आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सकिनेछ ।







