३२ अंकले बढ्याे सेयर बजार, १४ अर्ब १३ करोडको कारोबार

काठमाडौँ । आज सातको अन्तिम दिन पनि सेयर बजार बढेको छ। आज सेयर बजार नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ।

आज १४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।

हिमालयन लाइफ २४ करोड ६४ लाख रुपैयाँ,शिवम सिमेन्ट २३ करोड ७२ लाख रुपैयाँ,फर्स्ट माइक्रोफाइनान्स २३ करोड ५९ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २० करोड ६८ लाख रुपैयाँ,नेपाल फाइनान्स १९ करोड ९८ लाख रुपैयाँ,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १९ करोड रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर १८ करोड ५६ लाख रुपैयाँ,छिमेक लघुवित्त १७ करोड ८९ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर १७ करोड ६२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *