नेप्से २७.३२ अंकले घट्याे, १६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६ को विन्दुमा कायम भएको छ ।

आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको सेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशयन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *