काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफामा वृद्धि देखिएको छ ।
असार मसान्तसम्ममा बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३६ करोड १३ लाख रुपैयाँ थियो । यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ ३८ पैसा पुगेको छ । अघिल्लो वर्ष ईपीएस ११.०१ प्रतिशत थियो । बैंकको पीई रेसियो २२.६३ गुणा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.२१ प्रतिशत रहेको छ। अघिल्लो एनपीएल ३.०९ प्रतिशत रहेको थियो । खराब कर्जा मेन्टेन गर्न बैंकले ३० करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५२ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो ।
समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । समीक्षा अवधिमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
अर्थ सन्जाल