सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ६ हजार ८४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (साउन ८ गते) देखि ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *