ग्लोबल आइएमई बैंकको नाफा साढे १ अर्बबढी, खराब कर्जा घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले  १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोहि अवधिको  तुलनामा २३.३६ प्रतिशतले बढेको हो ।

गत वर्षको तीन महिनामा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानीमा भने कमी आएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १४ अर्ब २० करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ३ महिनामा भने बैंकले ११ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी कमाएको छ ।

बैंकको सञ्चालन मुनाफा बढेको छ । यो बैंकले तीन महिनाको अवधिमा दुई अर्ब १४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७९ करोड ८५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको खराब कर्जा ०.२९ प्रतिशतले घटेर ४.६७ प्रतिशतमा झरेको छ । आधारदर २.७८ प्रतिशतले घटेर ७.२९ प्रतिशत कायम भएको छ । चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *