प्रि ओपन सेसनमा ५.८२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेर बन्द भएको छ।

आज सेसनमा ५.८२ अंक बढेर २४९३.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.१६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६४ स्टकको १३६ पटकको कारोबारमा २ करोड ४५ लाख ८४ हजार ४९२ रुपैयाँ ३० पैसाबराबरको ६७ हजार १८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *