वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले घट्दा सीडी रेसियोमा चाप

वाणिज्य बैंकहरुको एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चैत ९ गतेको दिन सो निक्षेप संकलन झरेको हो ।

एकैदिन सो १४ अर्ब निक्षेप घटेसँगै वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँमा घटेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३ अर्बले घटेर ४८ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । चैत ८ गतेसम्म कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो ।

चैत ९ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा स्थिर नै छ । चैत ८ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो ।

चैत ९ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियोमा ९०.९६ प्रतिशत कायम भएको छ । अघिल्लो दिनसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.७३ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *