काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ को विन्दुमा बन्द भएको हो।
आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज १६८ कम्पनीको सेयरमूल्य बढेको छ भने ६८ कम्पनीको सेयरमूल्य घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई लघुवित्तका लगानीकर्तादे १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन्। युनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे १९ करोड ७७ लाख रुपैयाँकाे कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर,पाल फाइनान्स,जानकी फाइनान्स,ङादी ग्रुप पावर,ग्लोबल आइएमई लघुवित्त,ग्लोबल आइएमई बैंक ऋणपत्र,सीईडीबी हाइड्रोपावर,हाथवे इन्भेस्टमेन्ट,महालक्ष्मी विकास बैंक, कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ।






