टि-ट्वान्टी विश्वकप: इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत पुग्यो फाइनलमा

काठमाडौं । इङ्ग्ल्यान्डलाई हराउँदै भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट २०२४ को फाइनलमा प्रवेश गरेको छ।

आज भएको दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत विश्वकपको फाइनलमा प्रवेश गरेको हो।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३-३ विकेट लिए। जसपृत बुम्राहले २ विकेट लिएका थिए ।

भारतका ओपनर तथा कप्तान रोहीत शर्माले अर्धसतक बनाए। उनले  ३९ बलमा ५७ रन जोडे। यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरेका छन् ।

उपाधीका लागि अब भारतले फाइनलमा दक्षिण अफ्रिका विरुद्ध आउँदो आइबार खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *