बर्दियाका करण परियारले जिते ‘नेपाल आइडल–५’ को उपाधि

काठमाडौँ । ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियार विजेता बनेका हुन् ।

विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् ।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *