बैंकहरुमा थुप्रियो पैसा, आज ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब  रुपैयाँ झिक्न लागेको छ । आज बिहीबार तरलता व्यवस्थापनको अल्पकालिन उपकरण मार्फत ५० अर्ब रुपैयाँको बोलकबोल हुने बैंकले जनाएको छ ।
जसका लागि इच्छुकले  बैंक तथा वित्तीय संस्थाले आज गते  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।  केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
 बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति असार २० गते निर्धारण भएको छ तर  ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *